२७ आश्विन २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

वायुसेवा निगमलाई निजीकरण गर्ने कुनै याेजना छैन – पर्यटन मन्त्रालय

प्रकाशित मिति :  २७ असार २०७८, आईतवार ११:३८


काठमाडाैं । सरकारले नेपाल वायु सेवा निगमलाई निजीकरण गर्ने वा निजी कम्पनीमा रुपान्तरण गर्ने कुनै योजना नभएको प्रष्ट पारेकाे छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बिहीबार विज्ञप्ति निकालेर साे विषयमा स्पष्ट पारेकाे हाे । निगमलाई निजीकरण गर्ने वा निजी कम्पनीमा रुपान्तरण गर्ने कुनै योजना नभएको मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारीले निकाल्नुभएकाे विज्ञप्तिमा उल्लेख छ ।

निगमको रणनीतिक सुधारका लागि भइरहेका कामको सम्बन्धमा विभिन्न व्यक्तिबाट भ्रमपूर्ण सूचना सम्प्रेषण भइरहेको भन्दै मन्त्रालयको त्यसमा गम्भीर ध्यानाकर्षण भएको जनाएकाे छ । ‘नेपाल वायुसेवा निगमलाई निजीकरण गर्ने वा निजी कम्पनीमा रुपान्तरण गर्ने मन्त्रालयको हालसम्म कुनै योजना एवं कार्यक्रम नभएको तथा निजीकरणको प्रक्रियाका सम्बन्धमा हालसम्म कुनै छलफल समेत नभएको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ’ – विज्ञप्तिमा लेखिएकाे छ ।

निगमलाई निजीकरण गर्न खोजिएको भन्दै कर्मचारी आन्दोलनमा उत्रिएपछि मन्त्रालयको विज्ञप्ति निकालेर प्रष्ट पारेकाे हाे ।


0
Shares

प्रतिक्रिया दिनुहोस !