३ फाल्गुन २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रहरी भनि पैसा माग्ने र कुटपिट गर्ने २ जना पक्राउ

प्रकाशित मिति :  २९ श्रावण २०७८, शुक्रबार १०:०१


झापा । झापाको बिर्तामोडमा प्रहरी हुँ भनि पैसा माग्ने र कुटपिट गर्ने २ ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रक्राउ पर्नेमा विकास उप्रेती र टिका खत्री रहेका छन् ।

छोरा विशाल राजवंशीलाई डर त्रास देखाएर पैसा मागि कुटपीट समेत गरेपछि बुवा नयनसरी राजवंशीले प्रहरीलाई निबेदन दिएपछि उनीहरुलाई प्रहरीले प्रकाउ गरेको हो ।

आफूलाई सादा पोसाकका प्रहरी हौं भन्ने उनीहरुले नयनसरी राजवंशीको घरमा गई तपाईको छोरो लागुऔषध खाने बेच्ने गर्छ यदी बचाउने हो भने २० हजार दिनु समेत भनेका थिए ।

२० हजार नभएपछि उनीहरुले ११ सय लिई गएका थिए,फेरी पछि आई विशाल राजवंशीलाई गाउँमा किन हल्ला गरेको भनि आफूले लगाएको बेल्ट खोली समेत कुटपीट गरेका थिए ।

प्रक्राउ पर्ने झापा कन्काई नगरपालिका सात बस्ने बर्ष ४० को बिकाश उप्रेति र जिल्ला झापा बिर्तामोड नगरपालिका तीनका ३२ बर्षिया टिका खत्री उपर अभद्र ब्यवहार मुद्धा शिर्षकमा थप अनुसन्धान कार्य भईरहेको प्रहरीले बताएको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !