११ पुष २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

गजुरी बस दुर्घटनामा परि ७ जनाको गयो ज्यान, उद्धार जारी

प्रकाशित मिति :  २३ फाल्गुन २०८०, बुधबार ०४:२४


काठमाडौं । कपिलबस्तुबाट काठमाडौं आउँदै गरेको बस धादिङको गजुरी गाउँपालिका–पाँच, घाटबेँसीमा त्रिशूली नदीमा खस्दा ज्यान जानेको संख्या सात पुगेको छ ।

लु २ ख २१२१ नम्बरको यात्रुवहाक बस पृथ्वी राजमार्गको घाटबेँसी भन्ने ठाउँबाट विहान पौने पाँच बजे नदीमा खसेको थियो । बसमा ५१ जनाभन्दा बढी यात्रु सवार थिए । उहाँहरुमध्ये सात जनाको ज्यान गएको धादिङका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा ३७ जनाको उद्धार गरिएको छ भने अझै खोजी कार्य चलिरहेको छ ।

उद्धार गरिएकामध्ये ३० जनाभन्दा बढी घाइते छन् । उहाँहरुको स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौं ल्याइदैछ ।

घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना स्थानीयवासीले उद्धार गरिरहेका छन् । उद्धार कार्य जारी छ । बस नदीमा डुबेकाले मृतकको संख्या बढ्न सक्ने प्रहरीको अनुमान रहेको छ । दुर्घटनामा सामान्य घाइते चालक भने प्रहरीको नियन्त्रणमा छन् ।


0
Shares

प्रतिक्रिया दिनुहोस !