१४ माघ २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

विश्वव्यापी बन्दै गरेको प्रोस्टेट क्यान्सर २०२० देखि ०४० सम्ममा यसको असर ८५ प्रतिशत पुग्ने

प्रकाशित मिति :  २४ चैत्र २०८०, शनिबार ११:१२


काठमाडौं । पुरुषहरूलाई तिव्र रूपमा असर गर्दै गरेको प्रोस्टेट क्यान्सर विश्वव्यापी स्वास्थ्य समस्या बन्दै गएको विज्ञहरुले बताएका छन् ।

यही अवस्था कायम रहे २०२० देखि ०४० सम्ममा यसको असर ८५ प्रतिशत पुग्ने उहाँहरुको दाबी छ ।

प्रोस्टेट क्यान्सर शुरुकै अवस्थामा थाहा पाउन सके सामान्य उपचारले निको पार्न सम्भव देखिए पनि अन्तिम अवस्थामा पत्ता लागेमा भने रोगको उपचार गर्न र बिरामीको ज्यान बचाउन गाह्रो हुने स्वास्थ्य विज्ञहरूले बताएका छन् ।

हालैका अध्ययनहरूले प्रोस्टेट क्यान्सरको बारेमा डरलाग्दो तथ्यांकहरू पत्ता लगाएका छन् । अनुसन्धानकर्ताहरूले प्रोस्टेट क्यान्सरका घटनाहरू विश्वव्यापी रूपमा दोब्बर भन्दा बढी रहेको अनुमान गरेका छन् । यही अवस्था बढ्दै गए भविष्यमा ठूलो स्वास्थ्य संकट सिर्जना हुने अनुसन्धानकर्ताहरुको भनाई छ ।

यस क्यान्सरबाट हुने ज्यान गुमाउने सन् २०२० देखि २०४० बीचमा ८५ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । यसले स्वास्थ्यमा ठूलो तनाव निम्त्याउन सक्छ ।

द ल्यान्सेट जर्नलमा प्रकाशित यस अध्ययनको प्रतिवेदनअनुसार सन् २०४० सम्ममा प्रोस्टेट क्यान्सरका वार्षिक २९ लाख बिरामी पुग्ने अनुमान गरिएको छ भने अहिले सन् २०२० पछि विश्वभर वार्षिक १४ लाखभन्दा बढी विरामी थपिने गरेका छन् ।

कम र मध्यम आय भएका देशहरूले धेरै उच्च आय भएका देशहरूको तुलनामा ज्यान गुमाउने दरको उच्च जोखिम रहेको स्वास्थ्य विज्ञहरूले बताएका छन् ।

प्रोस्टेट क्यान्सरको जोखिम ५० वर्ष वा सोभन्दा माथिका मानिसहरूमा बढी हुने गरेको पनि अध्ययनले देखाएको छ । इन्स्टिच्युट अफ क्यान्सर रिसर्च, लन्डनका प्रोस्टेट एण्ड ब्ल्याडर क्यान्सर रिसर्चका प्रोफेसर निक जेम्सले, विश्वभर मध्यम उमेरका र वृद्ध पुरुषहरूको संख्या बढ्दै जाँदा प्रोस्टेट क्यान्सरको प्रकोप पनि बढ्ने अनुमान गरिएको, क्यान्सरबाट बच्न र यसबाट मानिसलाई सुरक्षित राख्न अहिले नै योजना बनाउन जरुरी रहेको बताउनुभयो ।

अनुसन्धानकर्ताहरूले प्रोस्टेट क्यान्सरबाट बच्ने कुनै खास उपाय नभएको बताउँछन् । तर नियमित व्यायाम र स्वस्थ आहार जस्ता छनौट गरेर यो क्यान्सरको जोखिम कम गर्न भने सकिन्छ । प्रोस्टेट क्यान्सरको जोखिम अधिक तौल वा मोटोपन भएका मानिसमा हुने भएकाले तौल नियन्त्रणमा राखेर यसको जोखिमबाट भने बच्न सकिन्छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !