१५ चैत्र २०८२, आइतबार
  • हाम्रो बारेमा
  • विज्ञापन

स्कुटर दुर्घटनामा दुईजनाको गयाे ज्यान

प्रकाशित मिति :  6 June, 2024 12:54 pm


बनियानी (झापा) । झापाको मेचीनगरमा बुधबार राति दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । मेचीनगर नगरपालिका–१२ धाइजनस्थित मेची लोकमार्गमा बिग्रिएर रोकिराखेको जिपलाई स्कुटरले ठक्कर दिँदा स्कुटरमा सवार दुईजनाको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार चारआलीबाट बुधबारेतर्फ जाँदै गरेको मे७प ७२८३ नम्बरको स्कुटरले सडकको बायाँतर्फ बिग्रिएर रोकिराखेको को१च ७२६४ नम्बरको जिपलाई ठक्कर दिएको हो ।

ज्यान  गुमाउने स्कुटर चालक बुद्धशान्ति–५ का २५ वर्षीय लीलाप्रसाद ढुङ्गेल र त्यसमा सवार इलामको रोङ गाउँपालिका–५ बहुवनका २९ वर्षीय चेतन रिजाल रहेका छन् ।

 

–रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !