३ आश्विन २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

पहिरोमा पुरिएर एकको ज्यान गयाे, दुईजना घाइते

प्रकाशित मिति :  ३० जेष्ठ २०८१, बुधबार ११:१५


खाँदबारी  ।  सङ्खुवासभाको चिचिला गाउँपालिका–३ सोलाखानीमा पहिरोले पुरिएर एक जनाको ज्यान गएकाे  छभने अन्य दुईजना घाइते भएका छन् ।

मङ्गलबार रातिको अविरल वर्षापछि खसेको पहिरोमा परी अरुण तेस्रो जलविद्युत् आयोजनाका मजदुर बर्दियाका घोराभिट्टाका गङ्गाराम थारुको मृत्यु भएको तथा मकवानपुरका उमेश कार्की र गोविन्द थारू घाइते भएका प्रहरीले जनाएको छ । उनीहरू निदाएका बेला पहिरो खसेको हो । जलविद्युत् आयोजनाले कामदारका निम्ति निर्माण गरेका १४ वटा कोठामध्ये ३ वटा पुरिएका छन् ।
-रासस


113
Shares

प्रतिक्रिया दिनुहोस !