२० माघ २०८२, मंगलबार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रतिनिधिसभा बैठक बस्दै, विनियोजन विधेयकमाथिको छलफल हुने

प्रकाशित मिति :  18 June, 2024 8:12 am


काठमाडौं । प्रतिनिधिसभाको बैठक मंगलबार पनि बस्दै छ।

आज प्रतिनिधि सभाकाे बैठकमा विनियाेजन सम्बन्धी विधेकमा छलफल हुने छ ।

बैठक  बिहान ११ बजेका लागि बोलाइएको छ।

सचिवालयले जारी गरेको सम्भावित कार्यसूचीअनुसार गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल हुनेछ।

त्यसैगरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकमाथि छलफल गर्ने कार्यसूची छ।

साथै सांसदहरूले मन्त्रालयको खर्च कटौतीसम्बन्धी प्रस्ताव पेश गर्ने र निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ ।

 


0
Shares

प्रतिक्रिया दिनुहोस !