७ पुष २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

धरहरा र दमक भ्यु टावर, भीमसेन थापा अनि केपी ओली

प्रकाशित मिति :  ६ असार २०८१, बिहीबार १८:३६


काठमाडौं । १८८२ सालमा मुक्तियार भीमसेन थापाले धरहराको निर्माण गर्ने भए । त्यतिवेल त्यो धरहराको निर्माण महारानी त्रिपुरा शुन्दरी देवीको सम्झनामा निमार्ण गर्न लागिएको थियो ।

तर पछि निर्माण भएपछि भने धरहराबाट धेरै काम हुन थाल्यो । सहरको अवलोकन गर्न थालियो । अहिलेको जस्तो टेलिफोनको सुविधा नभएकाले गर्दा विगुल वजाएर मानिस भेला गर्न थालियो । सुचनाहरु प्रवाह गर्न थालियो । लगाएत धेरै काम धरहराबाट हुन थाल्यो ।

पछि भने धरहराबाट त राज्यलै निकै ठूलो आम्दानी गर्न थाल्यो । देश विदेशमा धरहराको नाम लिन थाले । धरहरा प्रख्यात भयो ।

यो प्रशंगा अहिले तत्कालिम प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेर निर्माण सम्पन्न भएको दमक भ्यु टावार सँग जोड्दा उपयुक्त हुन्छ ।

अहिले दमकमा जति जनता भू टावर वनेकोमा चिन्तित छन् पक्कै पनि त्यो भन्दा धरै जनता धरहरा बन्दा दुखी थिए ।

अहिले दमक भ्युटावर वन्दा जति पनि विकास विरोधी मानिसहरु भटाभट यो भ्यूटावर वन्ने रुपैयाँले गरिवका ऋण तिरेको भए हुने थियो । कि त राम्रो मेडिकल खोलेको भए हुने थियो । कित यसलाई कैदी घर बनाएको भए हुन्थ्यो भनेर विभिन्न कुराहरु उठिरहेको छ ।

पक्कै पनि यस्ता कुराहरु तत्कालिन मुक्तियार भीमसेन थापालाई पनि उठेको थियो होला । किनकी तेतीवेला नेपालको परिस्थित पनि त्यस्तै थियो । जता तेतै गरिवि थियो ।
तर जति कुरा उठे पनि त्यतिवेल धरहरा उठ्यो । दिन वित्दै गयो । त्यतीवेलाका विकास विरोधी मानिस मासिई विकास प्रेमी वने । अनि भीमसेन थापा अमर रहे । धरहरा अमर रह्यो । दिन वित्दै जादा धरहरा देशको पहिचान वन्यो । देशलाई नै राम्रो आम्दीनी दिने चिज धरहरा बन्यो ।

१९९० सालको भूईचालोले केही तला भक्तिकएर अलि सानो भयो । तर धराहरा रह्यो ।
२०७२ को भूईंचालोले त झन् पूर्णरुपमा धरहराको विनास भयो तर पनि धरहरा देशको आवाश्यक चिज वनिसकेको थियो । तत्कालिम प्रधानमन्त्री केपी शर्मा ओलीले सोही ठाँउमा झ्न ठूलो धरहरा वनाउनुभयो । धरहरा किन बन्यो भने अलोक प्रीयबाट लोक प्रीय हुँदै ज्याँदै लोकप्रीय धरहरा भईसकेको थियो । अनि धरहरा उठ्यो ।

त्यस्तै प्रसंग हो दमक भ्यू टावरको । अहिले दमक भ्यु टावर किन वन्यो । कसरी वन्यो । बन्दा के हुन्छ । भन्ने कुरा नबुझि एक थरी मानिको दिनमा भोक र रातमा निद्रा छैन ।

किनभने उनीहरको सपना विपना दमक भ्यु टावर छ । उनीहरु भनिरहेका छन् । दमक भ्यु टावरले केही दिदैन । केवल केही व्यक्तिको स्वार्थ परिपूर्ति गर्नकै लागि यो टावर वनिरहेको छ ।
उनीहरु भनिरहेका छन् यसले विकास भन्दा राज्यको सम्पतिको विनास भएको छ ।

दमक भ्यु टावरकाम छैन भन्नेहरुले आफ्नो हावा भरिएको वलुन जस्तो लोकप्रियता जोगाउनकै लागि उनीहरुले यसो भनिरहेका छन् भन्ने कुरा नबुझि केही सोझा साझा जनता कुरा नबुझी उनीहरको पछि लागेको पाईन्छ ।

जुन उदेश्यले दमक भ्यु टावर वनेको छ । त्यो उदेश्य पुराहुना साथ विकासको प्रत्यक्ष अनुभुति दमकै मानिसले गर्ने छन् ।

अहिले नेपालको विकासको मोडालिटी विकासमा विकेन्द्रीकरण रहेको पाईनछ । अर्थात विकास विकास नभएको ठाँउमा लाने ताकी मानिसको एक ठाँउको घुँईंचोलाई विस्तापित गर्दै धरै ठाँउमा वाढ्ने । यसो गर्दा विकास टाढा टढा सम्म पुग्ने र टाढाका मानिसलाई समेत विकासको अनुभूति हुन्छ । एस्तो प्रकारको विकासले वातावरण पनि सन्तुलनमा राख्ने काम गर्दछ ।

अर्को कुरा , दमक भ्यु टावर दमक चोकमा भएको भए के हुने थियो ?

यस्तो प्रकारको प्रश्न पनि दमक भ्यु टावरलाई धरै तेर्सीने गरेको पाईन्छ । तर दमक चोक दमक चोक जस्तै हुँदा राम्रो हुन्छ । दमक काठमाडौं जस्तो झ्न भिडभाड हुदाँ त्यसले झ्न् ठूलो पछि समस्या बनाउँछ ।

अहिलेको दमक चोक हेर्दा चोकमा निकै भिडभाड वडिरेको हुन्छ । झन् ति माथि दमक भ्युटावर वन्दा दमको चाप धेरै वढेर दमको वातावरण काठमाडौं, विरगंज जस्तो पुग्ने हुन्छ । त्यसैले कुनै शहरको पहिचान जोगाउन त्यँहाको वातावरणमा पनि उत्तिकै ध्यान दिनुपर्ने हुन्छ । अहिले काठमाडौं विश्वकै बातावरण प्रदुषणमा नमुना शहर वनेको छ । काठमाडौंलाई व्यालेन्समा राख्न नसकिने ठाँउमा काठमाडौं पुगिसकेको छ । त्यस्तै गरेर भोलिका दिनमा नेपालको कुनै पनि सहर काठमाडौं जस्तो नहोस् भनेर वुद्धि पुर्याएर काम गर्नु पक्कै पनि राम्रो हो ।

त्यसै कारण भन्नुपर्छ दमक भ्यु टावर सही ठाँउमा छ । दमक भ्यु टावर केवाल दमक हेर्नमात्र वनाइएको होइन । यस्को वृस्तृत कुरा नबुझाई मानिस भड्काउदै हिड्ने तत्व सँग समग्र दमक वासी सचेत हुनु पर्छ ।

कैचीँको काम वन्चरोले गर्दैन । भने वन्चरोको काम कुनै कैचीँले गर्दैन । तसर्थ सबैको आ– आफ्नै काम हुन्छ । त्यसैले दमक भ्युटावर को काम कुनै अस्पताले गर्दैन । भने अस्पतालको काम कुनै भ्यू टावले गर्दैन । तसर्थ सबैको आ– आफ्नै काम हुन्छ । त्यसैले जिम्मेवार मानिस सचेत रह्यौ ।

अब झापा जिल्लाको अर्को विकास आयोजना चीन नेपाल मैत्री औद्योगिक पार्कको कुरा गरौं ।

झापामा औद्योगिक पार्क वन्दा सबै भन्दा वढी फाइदा कस्लाई हुन्थ्यो भने त्यो फाईदा सबै भन्दा वढी झापाकै मानिसलाई हुन्थ्यो । तर अनेकन गरेर स्वदेशी तथा विदेशी शक्ति लागेर भाडेर वन्न नदिएको आद्योगिक पार्क रोकिदा समग्र झापा वासीलाई मात्र नभएर समग्र देशवासीलाई त्यसको असर परिरहेको छ ।

हरेक वस्तुको मूल्य हुन्छ । चाँहे त्यो दृश्य होस् या अदृश्य । समयअनुसार हरेकको मूल्य वढ्छ । दमका भ्यु टावर बनिरहँदा त्यहाँको जग्गाको मूल्य बढ्नु स्वाभाविकनै हो । वास्तवमा जग्गाको मूल्य विकास सँग जोडिन्छ । जुन ठाँउमा विकास हुन्छ त्यो ठाँउमा अबस्य पनि जग्गाको मूल्य वढ्छ । मानिले जग्गा किन्दा जग्गा मात्र किन्दैनन् । त्यँहा भएको विकास पनि किन्दछन् । सोही कारण जुन ठाँउमा विकास हुन्छ । त्यो ठाँउमा जग्गाको मूल्य वढ्छ ।

तत्कालिन प्रधान्मन्त्री केपी शर्मा ओलीले सातै प्रदेशमा औद्योगिक क्षेत्र वनाउनुपर्छ । युवा विद्यार्थी नेपालमै रोक्नु पर्छ । भनेर सातै प्रदेशमा औद्योगिक क्षेत्र बनाउन निर्देशन दिनुभएको थियो । त्यसै अनुसार झापामा दमक, कमल र गौरीगंजलाई समेटेर औद्योगिक पार्क वन्ने भयो । त्यहाँका स्थानियले आफ्नो ठाँउमा विकास आउने भएपछि जग्गा दिए । पार्क वन्ने भयो त्यो पनि चिनियाँ लगानीमा । सिलन्यास पनि भयो । नेपालकै ठूलो र एसियाकै नमुना औद्योगिक पार्क बन्ने भएपछि झापाका मानिसको जग्गाको मूल्य धेरै वढ्यो । स्थानिय हर्षित भए ।

तर विदेशीको खोल ओडेका नेपाली मानिस र विदेशी सक्तिका विच नेपालका प्रधानमन्त्री प्रचण्ड र लगानी वोर्डका सीईओ शुसिल भट्टले खुट्टा कमाउँदा औद्योगिक पार्क को निमार्ण रोकियो । अहिले त्यसको असर समग्र देशवासीहरुलाई परिरहेको छ । र गैर राजनिति गर्नेहरुको त्यसको फाईदा उठाउन खोजिरहेको पाइन्छ ।

 

 

 


0
Shares

प्रतिक्रिया दिनुहोस !