भएभरको अन्तर्राष्ट्रिय विमानस्थल विदेशीलाई दिने प्रधानमन्त्री प्रचण्डको संकेत
काठमाडौं । विमानस्थल घाटामा गयो । बरु अरुलाई नै चलाउन दिउ । पैसा त आउँछ । किन नोक्सान वेर्होने भनेर तत्कालिन प्रधानमन्त्री वाबुराम भट्टराईले बारमबार भन्नुभएको थियो । उहाँले प्रधानमन्त्री हुँदा र यो कुरा जोड सँग भनिरहदा उहाँ माओवादी केन्द्र अर्थात अहिलेका प्रधानमन्त्री प्रचण्डकै पार्टीमा हुुनुहुन्थ्यो ।
बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा नेपालमा त्रिभूवन विमास्थल मात्र अन्तर्राष्ट्रिय विमानस्थल थियो । पोखराको र भैरहवाको विमास्थल अन्तर्राष्ट्रिय विमानस्थल भएको थिएन ।
अर्थात नेपालमा एउटा मात्र अन्तर्राष्ट्रिय विमानस्थल थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल राजाको पालमा वनेको थियो भने पोखारा अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल केपी ओली प्रधानमन्त्री हुदाँकाे पालमा वनेको थियो ।
अन्तर्राष्ट्रिय विमानस्थलाई अति सम्वेदनशिल मानिन्छ । यस्तो संवेदनशिल कुरा कुनै विदेशी कम्पनीलाई दिनु पक्कै राम्रो भने होइन ।
तर नेपालमा किन माओवादी सरकारमा जाँदा यस्तो कुरा उठिरहन्छ त्यो भने अचम्म लाग्दो छ ।
अहिले प्रधानमन्त्रीले भने बाबुराम भट्टराईले जस्तो सिधै नभनी अलि घुमाउरो पारामा भनेको बुझिन्छ ।
अहिले प्रधानमन्त्री प्रचण्डले भन्नुभएको छ –‘ अन्तर्राष्ट्रिय विमानस्थलहरू दिगो रूपमा सञ्चालन गर्न सार्वजनिक–निजी साझेदारीमा सञ्चालन र निर्माण सम्बन्धमा सुझाव पेश गर्न कार्य समिति गठन भएका र ‘समितिको प्रतिवेदन तथा सिफारिस प्राप्त भएपछि अन्तराष्ट्रिय विमानस्थलहरू सार्वजनिक–निजी साझेदारी वा अन्य उपयुक्त सञ्चालनको विधि तयारी कार्यान्वयनमा ल्याइने छ । ’
तर प्रधानमन्त्रीले यसो भनिरहदाँ उहाँले भनेको निजि साझेदारी भनेको के हो ? देश भित्रको निजि कम्पनी सँग साझेदारी हो की देश वाहिरको ? अनि अन्य उपयुक्त सञ्चालनको विधि भनेको के हो ?
अहिले नेपालमा भारतिय निजि कम्पनीहरु नेपालमा विमास्थल सञ्चलन गर्न तयार रहेका छन् । उनीहरुले नेपालको विमान स्थल सञ्चालनको जिम्मा लिदा भारतले हवाईरुट दिने निश्चिल देखिन्छ । भारतले पनि आफैले सञ्चालन गरे विभिन्न कुरा अन्तर्राष्ट्रिय स्तरमा उठ्ने भएर भारत सरकारकै इसारामा भारतको निजी कम्पनीले लिदाँ भारतलाई आफू अगाडी नपरि चलाउन सजिलो हुँने हुँदा भारतले पनि भारतिय निजि कम्पनी अघि सारेको छ ।
भारतले यस्तो योजना बनाउनु र नेपालमा प्रधानमन्त्री प्रचण्डले त्यस्तो संकेत गर्नु भनेको अलि घुमाउरो पारामा नेपालका भएर भरको अन्तर्राष्ट्रिय विमान स्थल भारतको जिम्मामा सुम्पिनु जस्तै हो ।
माओवादी सरकारमा आउदाँ देशमा के के न हुन्छ भन्नेहलाई माओवादी बाट प्रधानमन्त्री वनेका प्रचण्ड होस् या बाबुराम भट्टराईको यस्तो खालको निर्णयले पुरा दुखी बनाएको छ ।