१० मंसिर २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

जंगली च्याउ खाँदा एक जनाको गयाे ज्यान, ४ जना गम्भीर बिरामी

प्रकाशित मिति :  १० असार २०८१, सोमबार १३:५८


मकवानपुर । जंगली च्याउँ खाँदा मकवानपुरमा एक जनाको मृत्यु भएको छ भने ४ जना गम्भीर बिरामी परेका छन् ।

मकवानपुरको विकट राक्सिराङ गाउँपालिका–७, स्थित दगुबाङ गाउँमा जंगली च्याउको तरकारी खाँदा ४५ वर्षीय दलबहादुर चेपाङको ज्यान गएको हो ।

शनिबार साँझ जंगलबाट ल्याएको च्याउ खाँदा चेपाङ परिवारका ५ जना गम्भीर बिरामी परेका थिए । बिरामीमध्ये बाबु दलबहादुरको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

चयाउँ खाएर गम्भिर बिरामी परेका उहाँलाई उपचारका लागि चितवनको भरतपुर अस्पतालतर्फ लैजाने क्रममा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ ।

मृतक दलबहादुरकी श्रीमती जालीमाया, दुई छोरीहरू रेञ्जु र सिवना, छोरा सुशीलको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । उहाँहरूको चितवनस्थित भरतपुर अस्मापतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !