१० मंसिर २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

झापामा चट्याङ लागेर दुईको गयाे ज्यान

प्रकाशित मिति :  ११ असार २०८१, मंगलवार ११:३५


झापा । आज विहान चट्याङका कारण दुई जनाको ज्यान गएको छ ।
निधन हुनेमा कमल गाउँपालिका-२ का ४६ वर्षे राजन खड्का र गौरीगञ्ज गाउँपालिका-८ का ४२ वर्षे विकास गिरी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णबहादुर चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार विहान घरबाट खेततर्फ जाने क्रममा चट्याङ लागेर घाइते हुनुभएका खड्काको दमकस्थित आम्दा अस्पताल पुर्याइए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।
साथै गौरीगञ्ज गाउँपालिका-३ मा सीताराम दाहालको खेतमा काम गर्दै गर्दा विकास गरीलाई चट्याङ लागेको थियो । उहाँको घटनास्थलमै ज्यान गएको प्रवक्ता चन्दको भनाइ छ ।
-रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !