बाढीले बगाउँदा एक जनाको गयाे ज्यान
प्रकाशित मिति : २० असार २०८१, बिहीबार १०:४२
कैलाली । कैलालीमा बाढीले बगाउँदा गौरीगङ्गा नगरपालिकामा एक जनाको ज्यान गएको छ ।
कटैनी खोलामा आएको बाढीले बगाउँदा गौरीगङ्गा नगरपालिका–११ की २० वर्षीया सुस्मिता चौधरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयलले जनाएको छ । काठेपुल तर्ने क्रममा बाढीले बगाउँदा चौधरीको ज्यान गएको बताइएको छ ।
–रासस
0
Shares