२६ फाल्गुन २०८२, मंगलबार
  • हाम्रो बारेमा
  • विज्ञापन

कर्मचारीको हितमा बोल्नेलाई कारवाहीको तयारी !

प्रकाशित मिति :  4 July, 2024 12:23 pm


जुम्ला । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत कर्मचारी युनियनका अध्यक्ष खगेन्द्र प्रसाद उपाध्यायलाई निलम्बन गर्नुपर्ने आवाज उठेको छ । प्रतिष्ठानमा बेथितिका विषयमा सार्वजनिक रुपमा बोलेको भन्दै उनलाई निलम्बन गर्नुपर्ने दबाब बढेको हो ।

प्रतिष्ठानको वेथितिलाई सुधार गर्नुपर्ने, कर्मचारीको हक हितको लागि पदाधिकारीले काम गर्नुपर्ने, पदाधिकारीहरु धेरैजसो काठमाडांै सम्पर्क कार्यालयमा बस्ने गरेको र कर्मचारीहरुको हकहितका काम नगरेको, पदाधिकारीहरु काठमाडौंमा बस्दा प्रतिष्ठानको सेवा प्रवाहमा असर परेको भन्दै कर्मचारी युनियनका अध्यक्ष उपाध्यायले सामाजिक संजामा पोष्ट गरेकै भरमा प्रतिष्ठानका उपकुलपति र रजिष्ट्रारको मिलोमत्तोमा नियोजित रुपले निलम्बन गर्ने तयारी गरिरहेको प्रतिष्ठानका कर्मचारीहरुले सूचना दिएका छन् ।

आफु कर्मचारी युनियनको हैसियतले प्रतिष्ठान पदाधिकारीलाई जुम्लामै बसेर सेवा दिन आग्रह गरी खबरदारी गरेको र कर्मचारीहरुको हकहितको आवाज उठाएकै कारण आफुलाई निलम्बनको तयारी भइरहेको सूचना आएको अध्यक्ष उपाध्ययले बताउनुभयाे ।

‘मैंले स्पष्टिकरण दिइसकेको छु । आफुले सामाजिक सञ्जालमा कथाका रुपमा लेखेको र यसबाट कोही कसैलाई चित्त नबुझेको भए माफी मागिसकेको छु । तर जवाफ चित्त नबुझेको भन्दै रजिष्ट्रारले एकलौटी रुपमा प्रतिशोध साँधेर निलम्बनको तयारी गरेका छन्,’उहाँले भन्नुभयाे, ‘प्रतिष्ठानका रजिष्ट्रारले दुईबर्ष अगाडि समाधान भइसकेको कुरालाई समेत जोडेर बारम्बार आफुमाथि प्रहार गरेको छन् ।’

उहाँले थपे, ‘यदी पुरानो स्पष्टिकरण चित्त बुझेको थिएन भने किन दुई बर्षपछि उक्त कुरा नियम संगत नै उठाएको हो । कर्मचारी नियमावलीको नियम १०४ बमोजिम कुनैपनि कारबाही गर्दा क्रमशः कारबाही गर्दै जानुपर्नेमा आफूलाई सिधै नियम १०८ बमोजिम कारबाही गर्न लागेकामा आपत्ति प्रकट गर्दछु ।

निलम्बनका विषयमा प्रतिष्ठानका उपकुलपति डा.मंगल रावलले विषय नितान्त प्रशासनिक कुरा भएको हुँदा यसबारे आफूलाई थाहा नहुने बताउनुभयाे । प्रतिष्ठानको हित विपरित सामाजिक सञ्जालमा लेखेको भन्दै कारवाही गरेरै छाड्ने प्रतिष्ठानका रजिष्ट्रार नृपेन्द्र महतको तर्क छ ।

कर्मचारीको हकहितमा आवाज उठाउँदा कारवाही गर्ने पदाधिकारीको तानाशाह प्रबृत्तिको प्रतिष्ठानका अन्य संघ संगठनले पनि विरोध गरि विज्ञप्ति जारी गरेका छन् ।

यदी नियम १०८ बमोजिम कारबाही गर्नुपर्यो भने पनि कार्यकारी परिषदले गर्नुपर्ने प्रावधान छ । ब्यक्तिगत रुपमा कुनै ब्यक्तिले जवाफ चित्त नबुझाउने भन्दा पनि कार्यकारी परिषदमा छलफल पश्चात निलम्बनको प्रक्रियामा जानु पर्ने ब्यस्थालाई मिचिएको उहाँको भनाइ छ ।

यस अघि हालका उपकुलपति डा.मंगल रावल आफू प्रतिष्ठानमा चिकित्सकको रुपमा कार्यरत हुँदा उपकुलपतिलगायत पदाधिकारीलाई पटक पटक सामाजिक सञ्जालमा विरोध गर्ने गरेका थिए ।

उपकुलपति प्रतिष्ठानमा नबसेको भन्दै उपकुलपति निवासमा ताला फुटाएर आफैँ बसेका थिए । आफु कर्मचारीहुँदा पदाधिकारीको ब्यापक विरोध गरेका डा.रावल पदाधिकारी भएपछि आफ्नो विरुद्धमा कसैलाई पनि वोल्न नदिने र बोलिहाले कारवाहीको धम्की दिंदै आएको कर्मचारीहरुको गुनासो छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !