११ मंसिर २०८१, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

धरान-धनकुटा सडक अवरुद्ध

प्रकाशित मिति :  २५ असार २०८१, मंगलवार १३:१७


धरान (सुनसरी) । निरन्तरको वर्षाका कारण आएको बाढीपहिरोका कारण धरान–धनकुटा सडक अवरुद्ध भएको छ । धनकुटाको सागुरीगढी–६ स्थित फेदीमा पहिरो खसेपछि बिहानदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक राजबाबु महर्जनले जानकारी दिनुभयो ।
सो सडकखण्डमा पर्ने फेदी, घण्टे र नमस्ते झर्ना क्षेत्रमा पहिरो झरेकोले सवारी आवतजावतमा समस्या भएको उहाँले बताउनुभयो । गर्जुवा खोलाबाट आएको बाढीका कारण ढुङ्गा र माटोसहितको लेदोले सडक ढाकेको उहाँले बताउनुभयो । “बाटो खोल्ने काम भइरहेको छ, पानी परिरहेकोले कतिखेर कहाँ पहिरो झर्नसक्ने अवस्था हुनसक्ने भएकोले सजक भएर हिँड्नुपर्ने अवस्था छ, उहाँले भन्नुभयो ।
बाढीका कारण बस्ती जोखिममा
निरन्तर वर्षासँगै  आएको बाढीका कारण धरान उपमहानगरपालिका– १६ मा  १० वटाभन्दा बढी घर जोखिममा परेका छन् । स्थलगत अनुगमनमा पुग्नुभएका धरान उपमहानगरपालिका– १६ का वडाध्यक्ष मुरारी भट्टराईले जोखिममा परेका दुई घरका परिवारलाई भने आफन्त र छिमेकीको पठाइएको बताउनुभयो ।
उहाँले भन्नुभयो, बाँकी परिवारलाई पनि अन्यत्र सार्ने काम जारी छ   निरन्तर पानी परेकाले समस्या भएको छ ।” निरन्तरको वर्षाले पुलमा सामानय क्षति भएको छ ।
-रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !