२ कार्तिक २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रचण्डले छाड्नुभयाे बालुवाटार

प्रकाशित मिति :  २८ असार २०८१, शुक्रबार २१:३५


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार छाडेर शुक्रबार आफ्नो निजी निवास खुमलटार फर्कनु भएको छ ।

शुक्रबार प्रतिनिधि सभा बैठकमा विश्वासको मत नपाएपछि उहाँ साँझ सरकारी निवास छाडेर आफ्नै निजी निवास फर्कनु भएको हो । प्रचण्डलाई खुमलटारमा बाजागाजा सहित स्वागत गरिएको थियो ।

आफ्नो निवासमा स्वागत गर्न दिउँसैदेखि कार्यकर्ता बसेका भन्दै उहाँले खुसी व्यक्त गर्नुभयो । आफूले सरकारी निवास छाडे पनि आफ्नो काम टुङ्ग्याउन बाँकी रहेको प्रचण्डले सुनाउनुभयो । अब सरकार बनाउने कुरा राष्ट्रपतिको हातमा पुगेको उहाँले बताउनुभयो ।

आज आफूले पाँचौँ पटक विश्वासको मत मागेको बताउँदै दाहालले पहिलो पटक झण्डै एक सय प्रतिशत अर्थात् दुई जना बाहेकको मत पाएको सुनाउनुभयो । त्यस पछि अत्यधिक बहुमतको, बहुमतको हुँदै आज ६३ मतमा आएको र विपक्षमा १ सय ९४ मत परेको भए पनि आफूहरूलाई जितेको जस्तो महसुस भएको दाहालले बताउनुभयो । ‘हामी ६३ वाला बडो जितेका जस्तो भएका छौँ, १ सय ९४ जना जितेको जस्तो मुड, मनोबल, बडिल्याङ्ग्वेज छैन’, उहाँले भन्नुभयो ।

आफूहरू ढुक्कसँग जनताको एजेण्डा लिएर अघि बढ्ने उहाँले बताउनुभयो । आफू खुमलटार फर्कँदा पानी परेको बताउँदै दाहालले पानी पर्नु शुभ भएको टिप्पणी गर्नुभयो ।

 


0
Shares

प्रतिक्रिया दिनुहोस !