फोहरमैला व्यवस्थापनमा ध्यान दिन निर्देशन
प्रकाशित मिति : १ श्रावण २०८१, मंगलवार १५:०३
वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले वर्षायामको समयमा हुनसक्ने डुबानलाई लक्षित गरेर मङ्गलबारदेखि नै पानीको निकास र फोहरमैला व्यवस्थापनमा सक्रिय रहन सरसफाइकर्मीलाई निर्देशन दिएको छ ।
महानगरका प्रमुख राजेशमान सिंहले वर्षातको समयमा हुनसक्ने डुबानलाई तत्काल निकास दिन तथा फोहर व्यवस्थापनमा कुनै पनि सम्झौता नगर्न ३२ वटै वडाका सफाइकर्मीलाई आज निर्देशन दिनुभएको हो ।
वर्षात्को समयमा पानी जमेर डुबान हुनसक्ने सम्भावना धेरै रहन्छ । त्यसैले सरसफाइकर्मीले डुबान हुने ठाउँमा सावधानी अपनाउनुहोला, नगरप्रमुख सिंहले भन्नुभयो, पछिल्लो समय वीरगञ्ज महानगर क्षेत्रमा फोहरमैला बढिरहेको छ । यो समस्यालाई जतिसक्दो चाँडो समाधान गर्नुस् ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले महानगरको सरसफाईमा गुनासो नआउने गरी कार्यसम्पादन गर्न अनुरोध गर्नुभएको छ ।
-रासस
0
Shares