२ कार्तिक २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सिमलताल पहिरोः मृतकका परिवारलाई एक लाख दिइने

प्रकाशित मिति :  २ श्रावण २०८१, बुधबार १३:१३


महेन्द्रनगर (धनुषा) । मधेस प्रदेश सरकारले गत असार २८ गते त्रिशूली नदीमा बस दुर्घटनामा परेका मधेस प्रदेशका मृतकका परिवारलाई रु एक लाखका दरले राहत दिने भएको छ ।
मधेस प्रदेशका मुख्यमन्त्री शतिशकुमार सिंहले मधेस प्रदेशका जिल्लाका मृतकका पीडित परिवारलाई प्रतिव्यक्ति रु एक लाखका दरले राहत उपलब्ध गराउने बताउनुभयो । दुर्घटनामा परी ज्यान गुमाउनेका पीडितपरिवारलाई राहत दिने घोषणा गरेका छौँ, मुख्यमन्त्री सिंहले रासससित कुरा गर्दै भन्नुभयो, मुख्यमन्त्री कार्यालयले घोषणा गरिसकेको छ । मुख्यमन्त्री सिंहले प्रमुख जिल्ला अधिकारीको सिफारिसका आधारमा सो राहत रकम प्रदान गर्ने बताउनुभयो ।
–रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !