२ कार्तिक २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रधानमन्त्रीद्वारा राजनीतिक र आर्थिक सल्लाहकारमा विष्णु रिमाल र युवराज खतिवडालाई नियुक्त

प्रकाशित मिति :  ३ श्रावण २०८१, बिहीबार २१:५९


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाल र आर्थिक सल्लाहकारमा डा. युवराज खतिवडालाई नियुक्त हुनुभएको छ ।

बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले सो नियुक्तिको निर्णय गरेको हो । रिमाल यसअघि पनि ओलीको राजनीतिक सल्लाहकार हुनुहुन्थ्यो । खतिवडा पूर्व गभर्नर हुँदै अर्थमन्त्री बनिसक्नु भएको थियो ।

यसै गरी प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिवमा राजेश बज्राचार्य नियुक्त हुनुभएको छ ।

यस अघि प्रधानमन्त्रीले महान्यायाधिवक्ता रमेश बडाललाई नियुक्त गर्नुभएको छ । महान्यायाधिवक्ता सरकाको कानुनी सल्लाहकारको रूपमा लिने गरिन्छ ।

 


0
Shares

प्रतिक्रिया दिनुहोस !