२ कार्तिक २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

मधेस प्रदेशमा कांग्रेस र लोसपा सम्मिलित, किचलो टुङ्गियो

प्रकाशित मिति :  ४ श्रावण २०८१, शुक्रबार ०८:५३


काठमाडौं । मधेस प्रदेशमा नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सरकारमा गएपछि सरकारको किचलो टुङ्गिएको छ ।

कांग्रेसले अर्थ मन्त्री नपाएसम्म सरकारमा नजाने बरु सरकारलाई दिएको समर्थन नै फिर्ता लिने अडान लिएपछि सरकार विस्तार हुन सकेको थिएन । जनमत पार्टीबाट निर्वाचित मुख्यमन्त्री सतिसकुमार सिंह कांग्रेसलाई अर्थ मन्त्रालय दिन तयार भएपछि विवाद टुङ्गिएको हो ।

नेपाली कांग्रेसका चार जना मन्त्री सरकामा गएका छन् । त्यस्तै लोसपाबाट पनि एक मन्त्री सरकारमा सहभागी हुनुभएको छ । योसँग मधेस प्रदेश सरकारले पूर्णता पाएको छ ।

कांग्रेसको तर्फबाट अर्थमन्त्री सुनिल कुमार यादव, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्री, ऊर्जा, सिँचाई तथा खानेपानी मन्त्री शेष नारायण यादव र श्रम तथा यातायात मन्त्री कौशल किशोर रायले बिहीबार शपथग्रहण गर्नुभएको छ ।

त्यस्तै लोसपाको तर्फबाट शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीले पनि बिहीबारै पद तथा गोपनीयताको शपथ लिनुभएको छ । उहाँहरूलाई प्रदेश प्रमुख सुमित्रा भण्डारीले शपथग्रहण गराउनुभएको छ ।

लोसपाले दुई मन्त्रालय मागेको थियो तर एउटै मन्त्रालयमा चित्र बुझाएर सरकारमा गएको छ । नेकपा एमाले यस अघि नै सरकारमा सहभागी छ । यस अघिका शिक्षा तथा संस्कृति मन्त्री एमालेका राजकुमार लेखीलाई गृह तथा सञ्चार मन्त्रालय तोकिएको छ ।

त्यस्तै जनमतबाट विना विभागीय मन्त्री बनेका सकिल मियालाई उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय तोकिएको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !