२ कार्तिक २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

निर्माण व्यवसायीको पक्षमा अर्थमन्त्री, भुक्तानी चाँडै गर्ने प्रतिवद्धता

प्रकाशित मिति :  ४ श्रावण २०८१, शुक्रबार १८:२०


काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले निर्माण व्यवसायीको भुक्तानी नरोकिने बताउनु भएको छ ।

शुक्रबार नेपाल निर्माण व्यवसायी महासंघका पदाधिकारीसँग अर्थ मन्त्रालयमा भएको भेटघाटमा अर्थमन्त्री पौडेलले निर्माण क्षेत्रका समस्याको आगो तापेर नबस्ने भन्दै दायित्व सिर्जना भइसकेको रकम भुक्तानी नरोकिने स्पष्ट पार्नुभएको छ ।

उहाँले भन्नुभयो –,‘काम सम्पन्न भइसकेका आयोजनाको भुक्तानी नरोक्न विभिन्न मन्त्रालयलाई भनिसकेको छु । समस्या आइसकेपछि समाधान गर्दै जाने हो । दुवै पक्ष छलफल गरेर निकास खोज्नतर्फ लागौँ । निर्माण क्षेत्रले समयमा निर्माण सम्पन्न र गुणस्तरीय काममा ध्यान दिनुपर्छ । निर्माण क्षेत्रलाई सरकारले काम गर्ने वातावरण बनाउँछ । समस्याको आगो तापेर बस्दैन्, समाधान गरेर अघि बढ्छ । सम्पन्न भएको आयोजना भुक्तानी रोकिँदैन । १५ अर्ब रुपैयाँ भुक्तानी बाँकी छ । भुक्तानी लिने प्रक्रिया पूरा गर्न आवश्यक छ ।’


0
Shares

प्रतिक्रिया दिनुहोस !