११ मंसिर २०८१, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

पाइप बगेपछि बागलुङ बजारमा खानेपानी अभाव

प्रकाशित मिति :  ६ श्रावण २०८१, आईतवार १२:२२


गलकोट (बागलुङ) । बागलुङ बजारमा खानेपानीको अभाव भएको छ । भूदीखोलाले पानीको पाइप बगाएपछि एक सातादेखि नगरवासी खानेपानीको समस्याबाट पिरोलिएका हुन् ।

बागलुङ नगरपालिकाले काठेखोला गाउँपालिकाको भूदीखोला मुहान, रेशखोला मुहान र रिठेखोला मुहानबाट खानेपानी आपूर्ति गर्दै आएको मुख्य मुहानको पाइप बगाउँदा समस्या भएको हो ।

भूदिखोलाको मुहानको पाइप बगाउँदा खानेपानीको अभाव भइरहेको बताउँदै बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका सचिव जीवन आचार्यले पाइप मर्मत थालिएकाले शीघ्र समस्या समाधान हुने आश्वासन दिनुभयो ।

 

 

-रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !