८ मंसिर २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

विश्वासको मत माग्दै ओलीले भने–‘भ्रष्टाचारी कसैलाई छोड्दैनौं, ढुक्क हुनुस्’

प्रकाशित मिति :  ६ श्रावण २०८१, आईतवार १४:३५


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारी कसैलाई नछोडिने बताउनुभएकाे छ ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा विश्वासको मत माग्ने क्रममा उनले प्रतिपक्षलाई लक्षित गर्दै जुनसुकै भ्रष्टाचारीलाई कानूनको दायरमा ल्याउने बताउनुभएकाे छ ।

उहाँले भन्नुभयाे, ‘एउटा कुरा खुलस्त पार्न चाहन्छु दुनियाँका अगाडि सुन्ने गरी भन्न चाहन्छु, भ्रष्टाचार गर्दैनौं, भ्रष्टाचारीलाई छोड्दैनौं । भ्रष्टाचार र अख्तियार दुरूपयोगसँग जोडिएका विषयको छानविन तथा अनुसन्धान गर्छौं ।’

साथै उहाँले देशलाई तीव्र आर्थिक वृद्धिको दिशामा लैजान नेपाली कांग्रेस र नेकपा एमालेको सहकार्यमा नयाँ सरकार गठन भएको दाबी गर्नुभयाे ।

उहाँले भन्नुभयाे,‘देशमा व्याप्त गहिरो निरासा हटाउन, जनतामा आशा र उत्साहको सञ्चार गर्न अनि देशलाई तीव्र आर्थिक वृद्धिको दिशामा लैजान अहिलेको सरकार बनेको हो,’ प्रधानमन्त्री ओलीले भने, ‘यसमा सवै स्पष्ट हुनु भए हुन्छ ।’


0
Shares

प्रतिक्रिया दिनुहोस !