२ कार्तिक २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

मैंले कुनै ‘लप्पन–छप्पन’ गर्नु छैन् तर सदनको गरिमा सबैले राखौं : प्रधानमन्त्री केपी शर्मा ओली

प्रकाशित मिति :  ७ श्रावण २०८१, सोमबार १५:३३


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले माननीयका हैसियतमा असत्य प्रस्तुत गर्ने र भ्रष्टाचार छोप्नका लागि अरुमाथि आरोप लगाउने कामले सदनको गरिमा नबढ्ने बताउनुभएकाे छ ।

आइतबार सांसदहरुले उठाएको प्रश्नको उत्तर दिँदै प्रधानमन्त्री ओलीले राजनीतिक कुरा राजनीतिक रुपमा लिई आवेग, उत्तेजना र आरोप प्रत्यारोपमा नआइ सदनलाई मर्यादित बनाउन आग्रह गर्नुभयाे ।

उहाँले भन्नुभयाे,‘मलाई कुनै ‘लप्पन–छप्पन’ गर्नु छैन् । मलाई कुनै सेटिङ र तन्त्रमा जानु छैन । देश र जनतका हितका पक्षमा निष्ठाका साथ छ दशकदेखि काम गर्दै आएको छु । अब पनि त्यही गर्छु । उद्योगहरुले प्रयोग गरेको महसुल तिनु पर्दैन भनेको छैन् । माननीयका हैसियतमा असत्य प्रस्तुत गर्ने र भ्रष्टाचार छोप्नका लागि अरुमाथि भ्रष्टाचारको आरोप लगाउने कामले सदनको गरिमा रहँदैन ।

कसैलाई म प्रधानमन्त्री भएको मन नपर्न सक्न, त्यसमा केही छैन् । राजनीतिक कुरा राजनीतिक रुपमा लिऔँ । आवेग, उत्तेजना र आरोप प्रत्यारेपमा नआऔँ । सदन सदन जस्तै होस् ।’

प्रधानमन्त्री ओलीले विद्युतको लाइन काटिएका उद्योगको महसुलका सम्बन्धमा प्रतिनिधिसभाको बैठकमा पनि स्पष्ट पारे । उहाँले राजनीतिक पूर्वाग्रहका नाममा झुठको खेती नगर्न र तथ्य प्रमाणका आधारमा सदनमा अभिव्यक्त हुन पनि आग्रह गर्नुभयाे ।


0
Shares

प्रतिक्रिया दिनुहोस !