२ कार्तिक २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सुशासनका लागि प्रविधिमैत्री सेवा प्रवाह गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

प्रकाशित मिति :  ७ श्रावण २०८१, सोमबार १५:३८


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार न्यूनीकरण गर्दै राज्यका समग्र क्षेत्रमा सुशासन कायम गर्नका लागि प्रविधिमैत्री सेवा प्रवाह गर्ने कुरामा जोड दिनुभएकाे छ ।

सोमबार प्रतिनिधि सभाको बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिदैँ उनले सुशासन कायम गर्नुका साथै सरकारका सबै अंगहरूमा आन्तरिक नियन्त्रण प्रणाली सुदृढ बनाउने तथा सार्वजनिक खरिद कानूनलाई प्रभावकारी बनाउने बताउनुभएकाे छ ।

उहाँले भन्नुभयाे, ‘भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अनुरूप भ्रष्टाचारको दृष्टिले उच्च जोखिमका क्षेत्र पहिचान गरी नियन्त्रणका लागि एकीकृत रूपमा प्रवर्द्धनात्मक, निरोधात्मक तथा उपचारात्मक उपाय अवलम्बन गरिनेछ । भ्रष्टाचार न्यूनीकरण र सदाचार पद्धतिको प्रवर्द्धन गर्दै राज्यका समग्र क्षेत्रमा सुशासन कायम गर्नका लागि प्रविधिमैत्री सेवा प्रवाहमा जोड दिइनेछ । सरकारका सबै अङ्गहरूमा आन्तरिक नियन्त्रण प्रणाली सुदृढ बनाउने तथा सार्वजनिक खरिद कानूनको समसामयिक संशोधन र परिपालनालाई सशक्त र प्रभावकारी बनाइनेछ ।’

उहाँले राजस्व चुहावट नियन्त्रण गरी गैरकानुनी आर्थिक कारोवार रोक्नको लागि सम्बन्धित निकायलाई क्रियाशील रूपमा परिचालन गर्नुको साथै चोरीनिकासी एवं पैठारी नियन्त्रणका लागि संयुक्त गस्ती परिचालन र छड्के जाँचलाई प्रभावकारी बनाउने पनि बताउनुभयाे ।

यस्तै, आयात हुने मालवस्तुको मूल्याङ्कनका लागि नियमित बजार सर्वेक्षण गरी संकलन गरिएको सूचनाका आधारमा तथ्यपरक र वास्तविक भन्सार मूल्याङ्कन प्रणाली विकास गर्ने उहाँको भनाई छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !