२ कार्तिक २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

कोशी पश्चिम नहरको बाँधमा सडक कालोपत्र भइरहेको छः प्रधानमन्त्री ओली

प्रकाशित मिति :  ७ श्रावण २०८१, सोमबार १६:४१


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको भूभागमा पर्ने कोशी पश्चिम नहरको बाँधमा क्रमशः सडक कालोपत्र भइरहेको बताउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्रीसँग सांसदको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा उहाँले नहरको किनार अतिक्रमण भएकाले उक्त अतिक्रमण हटाई कालोपत्र गर्न नेपाल–भारत द्विपक्षीय संयन्त्रमार्फत अनुरोध गरिने जानकारी गराउनुभयो ।
प्रधानमन्त्री ओलीले उदयपुरको गाईघाटबाट भारतीय सिमानासम्मको सडक निर्माणको सन्दर्भमा पूर्वतयारीका काम सम्पन्न भई गत आर्थिक वर्ष २०८०/८१ मा स्रोत सहमति माग भएकामा आर्थिक अभावका कारण अगाडि बढाउन नसकिएकाले चालु आर्थिक वर्षमा उक्त आयोजनालाई प्राथमिकताका साथ अगाडि बढाइने बताउनुभयो ।
नेपाल र भारतबाट संयुक्त रूपमा कोशी उच्च बाँधसँगै सुनकोशी कमला डाइभर्सन अध्ययनको चरणमा रहेको बताउँदै प्रधानमन्त्री ओलीले अध्ययन सम्पन्न भएपछि यसको कार्यान्वयन अगाडि बढाइने उल्लेख गर्नुभयो ।
-रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !