२३ भाद्र २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

भारतको नेपाललाई भारु ७ अर्ब अनुदान

प्रकाशित मिति :  ८ श्रावण २०८१, मंगलवार १४:१९


काठमाडौं । भारतले नेपाललाई भारु ७ अर्ब नेपाली रुपैयाँ ११ अर्ब २० करोड रुपैयाँ अनुदान दिने भएको छ ।

भारतको वित्तमन्त्री निर्मला सीतारमणले वित्त बर्ष २०२४ / २५ को बजेट सार्वजनिक गर्दा नेपाललाई दिने अनुदानको समेत बताउनु भएको हो ।

यो वजेट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तस्रो कार्यकालको पहिलो वजेट हो ।

वित्त वर्ष २०२३/२४ मा सुरु विनियोजन ५ अर्ब ५० करोड गरेको भारतीय सरकारले अनुदान संशोधन गरी ६ अर्ब ५० करोड भारु अनुदान दिएको थियो ।

वित्त वर्ष २०२२/२३ मा भने भारतले ४ अर्ब ३४ करोड भारु अनुदान नेपाललाई दिएको हो ।

भारतले आफ्नो बजेटबाट सबैभन्दा धेरै वैदेशिक सहायता भुटानलाई दिँदै आएको छ । भने भुटान पछि भारतले धेरै अनुदान नेपाललाई दिदै आएको छ ।

भुटानले वित्त वर्ष २०२४/२५ मा १० अर्ब ७८ करोड अनुदान र ९ अर्ब ८९ करोड ऋण गरी २० अर्ब ६८ करोड भारु पाउने छ ।

भारतले छिमेकी मुलुकहरूलाई दिने अनुदान बजेटमै उल्लेख गरी सार्वजनिक गर्दै आएको छ । जसमा नेपाल, भुटानसहित बंगलादेश, श्रीलंका, अफगानिस्तान, माल्दिभ्स, मंगोलियालाई अनुदान दिने गरी बजेट विनियोजन गर्छ । धेरै अनुदान पाउनेमा भुटान र नेपाल नै अगाडि छन् ।


791
Shares

प्रतिक्रिया दिनुहोस !