१२ मंसिर २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

इञ्जिनियरविरुद्ध मुद्दा दायर

प्रकाशित मिति :  ८ श्रावण २०८१, मंगलवार १८:१६


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ताप्लेजुङको फुङलिङ नगरपालिकामा कार्यरत इञ्जिनियर मोहम्मद अख्तर हुसैनविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । खेलकुद मैदान निर्माणमा सेवाग्राहीसँग घुस माग गरिरहेको अवस्थामा आयोगको इटहरी कार्यालयबाट गएको टोलीले पक्राउ गरेको थियो ।

आयोगको टोलीले इञ्जिनियर हुसैनलाई एक लाख घुससहित पक्राउ गरेको हो । आयोगले आरोपी हुसैनविरुद्ध बिगो बमोजिम कारबाहीको माग गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो ।

 

-रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !