२३ भाद्र २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

नियम अनुसार विद्युत बक्यौता उठाइने छ — प्रधानमन्त्री ओली

प्रकाशित मिति :  ८ श्रावण २०८१, मंगलवार २२:२२


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नियम अनुसार विद्युत बक्यौता उठाइने बताउनु भएको छ ।

उहाँले समाजिक सञ्जाल फेसबुकमा नियम अनुसार विद्युत बक्यौत उठाइने छ , हामीलाई उद्योगहरुबाट बक्याौता उठाउनु छ, उद्योग पनि चलाउनु छ भन्दै समाजिक सञ्जालमा लेख्नु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले लेखेको जस्ताको तेस्तै

‘नियम अनुसार विद्युत बक्यौता उठाइने छ !
हामीलाई उद्योगहरुबाट बक्यौता उठाउनु छ, उद्योग पनि चलाउनु छ, त्यहाँका मजदुरको रोजगारी पनि जोगाउनु छ र कुल गार्हस्थ उत्पादन पनि बढाउनु छ । यस विषयमा सरकार र विद्युत प्राधिकरणका बीचमा बाहिर आएजस्तो कुनै मतभेद छैन।अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्ट र जगदम्बा सिन्थेटिक उद्योगहरूमा काटिएको विद्युत लाईन अहिले जोडिएको छ।’


113
Shares

प्रतिक्रिया दिनुहोस !