२३ भाद्र २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रधानमन्त्री ओली विमानस्थलमा

प्रकाशित मिति :  ९ श्रावण २०८१, बुधबार १४:०४


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली सौर्य एयरको विमान दुर्घटनाका बारेमा बुझ्न विमानस्थल पुग्नुभएको छ ।
यसअघि गृहमन्त्री रमेश लेखक, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रि पाण्डे, राज्यव्यवस्था समितिका सभापति रामहरि खतिवडासहितको टोलीले विमानस्थल पुगी घटनाका बारेमा जानकारी लिई आवश्यक निर्देशन दिनुभएको थियो ।
काठमाडौँबाट पोखरा उड्ने क्रममा सौर्य एयरको जहाज आज बिहान दुर्घटनमा परेको थियो ।  सौर्य एयरका कर्मचारी तथा प्राविधिक बोकेको सो दुर्घटनग्रस्त विमानमा सवार  १८ जनाका निधन भएको र पाइलटको उपचार भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
–रासस


226
Shares

प्रतिक्रिया दिनुहोस !