दुर्घटनाग्रस्त जहाजका घाइते पाइलट मनिषरत्न शाक्यको स्वास्थ्य अवस्था कस्ताे छ ?
प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार १५:०५
काठमाडाैं । त्रिभुवन विमानस्थलमा दुर्घटनाग्रस्त सौर्य एयरलाइन्सको जहाजका पाइलट मनिषरत्न शाक्यको काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगलमा उपचार भइरहेको छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दिनेशराज मैनालीका अनुसार जहाजका क्याप्टेन मनिषरत्न शाक्यको काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ।
शाक्य अहिले बोल्न सक्ने अवस्थामा छन् । शाक्यको निधार र आँखामा गहिरो चोट लागेको छ। काठमाडौं मेडिकल कलेजले शाक्यको अवस्था अहिले खतरामुक्त रहेको जनाएको छ ।
सम्बन्धित समाचार:
- त्रिभुवन विमानस्थलमा नजिकै सौर्य एयरलाइन्सको जहाज दुर्घटना (भिडियाे)
- सौर्य एअरलाइन्स दुर्घटना, १९ जना थिए सवार (नामावलीसहित)
- सौर्य एयरको विमान दुर्घटनामा १८ यात्रुको निधन
- जहाज दुर्घटनाको अवस्था बुझ्न प्रधानमन्त्री ओली दुर्घटनास्थलमा
दुर्घटनास्थलबाट १८ वटा शवहरू झिकेर पोस्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ ।
0
Shares