१२ मंसिर २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

गुणस्तरयुक्त पाठ्यक्रमको माग गर्दै चार्टर्ड एकाउन्टेन्ट विद्यार्थीहरुले गरे प्रदर्शन

प्रकाशित मिति :  १० श्रावण २०८१, बिहीबार १५:५३


काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट विद्यार्थी संघमा आवद्ध विद्यार्थीहरुले पाठ्यक्रम बदल्नुपर्ने माग राख्दै शान्तिपूर्ण प्रदर्शन गरेका छन् ।

बिहीबार नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था अगाडि गुणस्तरीय शिक्षा विद्यार्थीको हक भएको भन्दै राम्रो र गुणस्तरयुक्त पाठ्यक्रमको माग गर्दै प्रदर्शन गरेका हुन् ।

उक्त प्रदर्शनमा नेपाल चार्टर्ड एकाउन्टेन्ट विद्यार्थी संघका अध्यक्ष महेन्द्र खड्काले फागुन १३ गते १९ बुँदे माग बुझाए पनि कुनै पनि ठोस समाधान नभएपछि आन्दोलनको सुरुवात गरेको बताए ।

उनले आन्दोलनबाट समस्या समाधान नभए आमरण अनशनको सुरुवात गर्ने पनि बताएका छन् ।

उनले भने, ‘हामीले फागुन १३ गते १९ बुँदे माग बुझाएका थियौं, तर कुनै पनि ठोस समाधान नभएपछि हामीले आन्दोलनको सुरुवात गरेका छौं । यदि यति गर्दा पनि सुनिएन भने अध्यक्ष भएको हैसियतले आमरण अनशन बस्नेछु र जबसम्म हाम्रो मागहरु पूरा हँुदैन् तबसम्म अनशन तोड्दिन् ।’

यस्तै, उनले नयाँ पाठ्यक्रम सँगै परिक्षा क्रममा विदा हुनुपर्ने माग पनि गरेका छन् ।

उनले भने, ‘हाम्रो समस्याहरु राष्ट्रिय करण हुन सकेन, हाम्रो देशमा लगातार ८ दिन परिक्षा हुन्छ एक दिन पनि विदा नभई यो अरु कुनै देशमा हुँदैन् । हामी यसरी सधैँ पेलिन सक्दैनांै भन्ने हिसाबमा हामीले यो आन्दोलन सुरु गरेका हौं । अर्को कुरा भने हामीलाई १९९७ को किताब अझै पढाइ रहेको छ । जब की विश्वमा २०१९ भन्दा अगाडीका किताबहरु छैन । हाम्रो किताबहरु सुधार हुनुपर्यो, हामीले परिक्षा दिन १ हजार दिनुपर्छ तर त्यही परिक्षाको कपी हेर्छुभन्दा ७ हजार तिर्नुपर्छ । यो पनि हटाउनुपर्छ ।’

यस्तै, नेपाल चार्टर्ड एकाउन्टेन्ट विद्यार्थी संघको उपाध्यक्ष सोफिया श्रेष्ठले नेपालमै बसेर केही गर्छु भन्नेहरुको लागि वातावरण राम्रो बनाउनुपर्ने भन्दै माग सम्बोधन नभएसम्म पछि नहट्ने बताइन् ।

उहाँले भन्नुभयाे, ‘चार्टर्ड एकाउन्टेन्टका विद्यार्थीहरुले पढ्ने पाठ्यक्रम धेरै पुरानो भइसकेको छ । अन्य शिक्षामा ६, ६ महिनामा परिवर्तन हुन्छ तर यसमा परिवर्तन भएन्, हामीले पुरानै विषयवस्तुहरु पढ्नु परेको छ ।

हामी नेपालमै बसेर केही गर्छु भन्नेहरुको लागि वातावरण राम्रो बन्नुपर्यो नयाँ पाठ्सामग्री हुनैपर्यो । हाम्रो माग सम्बोधन नभएसम्म हामी पछि हट्दैनाैँ ।’


0
Shares

प्रतिक्रिया दिनुहोस !