२३ भाद्र २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

यसकारण केपी ओलीसँग प्रचण्डको कहिल्यै तुलना हुदैन

प्रकाशित मिति :  १० श्रावण २०८१, बिहीबार १७:०३


काठमाडौं । कुनै पनि कुराको जव तुलना गरिन्छ तव उनीहरु तुलना गर्न योग्य हुन्छन् । तुलना गर्न योग्य चिजको मात्र तुलन हुन्छ नभए तुलना नै हुदैन ।

प्रशंग हो बस दुर्घटना र प्लेन दुर्घटना । दुबै दुर्घटनानै हुन् । तर बस दुर्घटना हुँदा र प्लेन दुर्घटना हुदा नेपालमा सरकार फरक थियो । बस दुर्घटना हुदाँ पुप्पकमल दाहाल (प्रचण्ड) प्रधानमन्त्री हुनुहुन्थ्यो । तर अहिले प्लेन दुर्घटना हुदाँ केपी शर्मा ओली प्रधानमन्त्री हुनुहुन्छ ।

अहिले सरकारले बस चड्ने र प्लेन चड्ने भनेर विभेद गरेको भनेर सामाजिक सञ्जालमा चर्को विरोध भइरहेको छ । तर सरकार भन्ने शब्द एउटै भएपनि सरकारमा को थियो भन्ने कुराको हेक्का हुनुपर्छ ।

 

प्रधानमन्त्री फेरिएसँगै काम गर्ने शैली र तरिका अर्थात् देश चलाउने शैली नै फेरिन्छन् । पुष्पकमल दाहाल प्रचण्डको काम केपी ओलीले गर्नु हुन्न । केपी ओलीको काम शेरवहादुर देउवाले गर्नुहुन्न ।

बस दुर्घटनान हुदाँ देश पुरै शोकमा डुवेको थियो । यस्तो बेला तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेका प्रधामन्त्री केपी शर्मा ओलीले झै झण्डा झुकाएर शोक मनाउन निर्देशन दिनुपर्ने थियो । तर त्यस्तो केही पनि दिनुभएन । किन दिनुभएन उहाँलाईनै थाहाँ होला । सायद उहाँ आफू प्रधानमन्त्रीको कुर्सीमा के गरी वस्ने भन्ने कुरा ध्यान गरिरहनु भएको थियो हाेला । उहाँको सरकार पुरै अल्पमतमा परेर उहाँको प्रधानमन्त्री पद आज हो की भोली हो भन्ने स्थितिमा पुगेको थियो । सायद उहाँ प्रधानमन्त्री पद जोगाउने दाउमा लाग्नुभएको थियो ।

प्रचण्डलाई सरकारमा कसरी टिकिरहने, कसो गर्दा कुर्सी छोड्न नपर्ला र अर्को सरकार त्यसमा पनि केपी ओली नेतृत्वको सरकार कसरी नेपालमा बन्न नदिने भन्ने दाउ हेरिरहँदा रहँदै उहाँले त्यति ठूलो दुर्घटनालाई ध्यान नै दिन भ्याउनु भएन । विशेष त प्रधामन्त्रीले भन्दा दुर्घटना र सुरक्षा निकाय गृहमन्त्रालय सँग सम्बन्धित हुन्छ । प्रधानमन्त्री भन्दा पहिले यसमा गृहमन्त्रीको ध्यान जानुपर्ने थियो । तर प्रचण्ड नेतृत्व सरकारका गृहमन्त्री रवि लामिछाने पनि सत्ता कै खेलमा व्यस्त हुनुभयो ।

त्यसो त माओवादीलाई १७ हजार मानिस मारेको आरोप लागिरहेको छ । नेपालमा भएको माओवादी युद्धमा १७ हजार मानिसलाई मारिएको थियो । १७ हजार मानिसले ज्यान गुमाउदा त हलचल नभएका प्रचण्डले अहिले बसका यात्रु मर्दा के सोक मनाउनु भन्ने तर्क समेत अहिले सामाजिक सञ्जालमा चर्चामा छ ।

प्रधानमन्त्री फेरिदा सरकारको निर्णय पनि फेरियो

प्रधानमन्त्रीबाट पुष्पकमल दाहाल प्रचण्ड हट्ना साथ सरकारले गर्ने कामको शैली फेरिएको छ । सरकारले लिने निर्णयको तरिका फेरिएको छ । जुन आम जनताले पनि पूर्ण महशुस गरेका छन् ।

प्रधानमन्त्री प्रचण्ड हुँदा गत २८ गते त्रिशुलीमा भएको बस दुर्घटना र बुधबार त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा भएको एयर दुर्घटनालाई प्रतिनिधि घटनाका रुपमा लिन सकिन्छ ।

अहिले देशले नयाँ प्रधामन्त्री केपी शर्मा ओली पाइरहँदा दुर्घटना हुँना साथ प्रम ओली गृहमन्त्री, पर्यटनमन्त्री सहितको टोली लिएर घटना स्थलमा पुग्नुभएको थियो ।

तर, प्रचण्ड प्रधानमन्त्री भएका बखत त्रिशुलीमा यस वर्षकै ठूलो दुर्घटनामा भएर ६५ भन्दा बढिको ज्यान ज्यादा पनि प्रधानमन्त्रीको हैसियतले न प्रचण्ड घटनास्थलमा पुग्नुभयो न तत्कालिन गृहमन्त्री रवि लामिछाने नै पुग्नु भयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहनुभएका लामिछानेको मुखैमा झुण्डिएको एउटा शब्द हो– ‘मिडिया ट्रायल’ ।

रवि लामिछानेले सरकारबाट हटेपछि अर्थात् उहाँको गृहमन्त्री पद खुस्किएपछि बस दुर्घटना भएको स्थानमा पुगेर मिडिया ट्रायल गर्नु भएको थियो । सरकारमा हुँदा सम्म कुर्सी जोगाउने दौडधुपले व्यस्त रहनुभएका लामिछाने सरकारबाट निस्कना साथ मिडिया ट्रायलका लागि घटनास्थलमा पुगेको भनेर भन्दा फरक नपर्ला ।


3.7k
Shares

प्रतिक्रिया दिनुहोस !