२३ भाद्र २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

सडक दुर्घटना जोगाउने ऐना

प्रकाशित मिति :  १२ श्रावण २०८१, शनिबार ११:३९


काठमाडौं । ऐनाले पनि सडक दुर्घटना जाेगाउँछ ? हो जोगाउँछ र जोगाइरहेको छ ।

बीपी राजमार्ग अन्तर्गत सिन्धुलीकाे सुनकोसी गाउँपालिका–५ रिठ्ठेभीरमा ऐनाले नै दुर्घटना जोगाएको छ । रिठ्ठेभीरमा रहेको सेतीदेवी मन्दिर नजिकै राखिएका हजारौँ ऐनाले सो क्षेत्रको सडक दुर्घटना जोगाएको छ ।

बीपी राजमार्गको सो स्थानमा २०६८ सालमा दुईवटा ठुला दुर्घटना भए । त्यस अघि पनि सो स्थानमा बारम्बार दुर्घटना हुने गरेका थिए ।   २०६८ साल वैशाख २० गते एउटा यात्रुवाहक बस रिट्ठेभीरबाट सुनकोसी नदीमा खस्दा १३ जनाको घटनास्थलमा नै ज्यान गयो । मातातिर्थ औंसीमा आमाको मुख हेरेर फर्किएका चेलीहरुले दुर्घटनामा ज्यान गुमाए ।

सोही वर्षको असोज २६ गते दशैँ मनाएर काठमाडौं फर्कँदै गरेका यात्रु बोकेको बस सोही ठाउँबाट सुनकोसी नदीमा खस्दा ४१ जनाले घटनास्थलमै ज्यान गुमाए । रिट्ठेभीर सो सडकमा यात्रा गर्नेको लागि काल बनेर उभियो ।

सेतीदेवी रिसाएर त्यहाँ दुर्घटना भएको जनविश्वास बढ्यो । स्थानीयले मिलेर दुर्घटनास्थलमा भागवत एकाहा लगाए । तत्कालीन सिन्धुलीका प्रमुख जिल्ला अधिकारी जितेन्द्रबहादुर भण्डारी सहितको उपस्थितिमा यज्ञ गरियो । देवीको पूजा आराधना गरियो र देवीको मन्दिरमा ऐना चढाइयो । त्यस पछि सो सडक भएर यात्रा गर्ने सवारी साधन र यात्रुहरूले ऐन चढाउन सुरु गरे ।

यसरी चढाएका ऐना अहिले हजारौँको सङ्ख्यामा पुगेका छन् । पहिला देवीको मान्दिबाट चढाउन सुरु गरिएको ऐन अहिले हजारौँको सङ्ख्यामा पुगिसकेको छ । सडक किनारमा लाइन मिलाएर ऐन चढाउने गरिएको छ ।

अहिले ऐन चढाएको क्षेत्रमा पुग्ने बित्तिकै सावधान हुन सवारी चालकहरूको ध्यान तानिहाल्छ । चालकहरू सावधानीपूर्वक यातायात साधन चलाउँछन् । जसले गर्दा सो क्षेत्रमा दुर्घटना रोकिएको छ । अनि भएन त दुर्घटना जोगाउने ऐना ।


226
Shares

प्रतिक्रिया दिनुहोस !