१२ मंसिर २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

पोखरामा स्कुल बस दुर्घटना : ज्यान जानेकाे सङ्ख्या दुई पुग्यो

प्रकाशित मिति :  १४ श्रावण २०८१, सोमबार १४:५९


काठमाडौं । पोखरामा सोमबार बिहान भएको स्कुल बस दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या दुई पुगेको छ ।

सोमबार बिहान पोखरा–२१ रामदीबाट विद्यार्थी बोकेर पोखरा–१७ बिरौटामा रहेको एलपी देवकोटा विद्यालयतर्फ आउँदै गरेको सो विद्यालयको ग १ ख ६२१९ नं बस दुर्घटनामा परेको  थियो । मट्टिखान जाने सडकको थुन्कु भन्ने ठाउँमा दुर्घटनामा भएको थियो ।  दुर्घटनामा विद्यालयकी सहयोगी ३३ वर्षीय आरती विकको घटनास्थलमा नै ज्यान गएको थियो भने उहाँका छोरा पाँच वर्षीय प्रिन्स विकको उपचारको क्रममा ज्यान गएको छ ।

बसमा सवार २८ जना विद्यार्थी घाइते भएका छन् । घाइतेमध्ये १४ जनाको जिएमसी अस्पतालमा, १२ जनाको गण्डकी अस्पतालमा र दुई जनाको मणिपाल शिक्षण अस्पतालमामा उपचार भइरहेको छ ।

घुम्ती पार गर्ने क्रममा बस सडकदेखि करिब ६० मिटर तल खसेको थियो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !