कुबेतमा अलपत्र परेका ४ जना नेपालीको उद्धार
प्रकाशित मिति : १५ श्रावण २०८१, मंगलवार १५:५१

काठमाडौ । कुबेतमा अलपत्र परेका ४ जना नेपालीको उद्धार भएको छ ।
एजेन्टले कुबेतमा ल्याएर ३/४ महिना देखि अलपत्र पारेका उनीहरूलाई उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति एंव पूर्व खानेपानी मन्त्री अब्दुल खानको पहलमा उद्धार गरिएको हो ।
नवलपरासी घर भएका ९ जना मध्य ४ जनालाई उद्धार गरि नेपाल फिर्ता ल्याइएको पूर्व मन्त्री खानका स्वकिय सचिव इन्जिनियर अतिउल्लाह मुसलमान (अश्मिर) ले बताउनुभयाे ।
उहाँले अन्य ५ जनाको उद्धारका लागि पनि पहल भई रहेको जानकारी दिनुभयाे ।
0
Shares