८ पुष २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

भारतको वायनाड पहिरोमा परि ज्यान गुमाउनेको संख्या १४३ पुग्यो

प्रकाशित मिति :  १६ श्रावण २०८१, बुधबार ०८:२७


काठमाडौं । भारतको केरला राज्यको वायनाड मंगलबारको पहिरोमा परि ज्यान गुमाउनेको संख्या एक सय ४३ पुगेको छ ।

पहिरोमा परि घाइते भएका १२८ जनाको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

लगाातारको मनसुनी वर्षापछि मंगलबार राति पटक पटक गएको पहिरोका कारण वायनाड जिल्लाका विभिन्न क्षेत्रमा ठुलो धनजनको क्षति भएको छ ।

पहिरो प्रभावित क्षेत्रमा अहिले पनि भारी वर्षा भइरहेका कारण उद्धार तथा राहत प्रभावित भएको छ ।

त्यसैगरी, अविरल वर्षाका कारण आएको पहिराले पुल बगाएपछि सेनाले अस्थायी पुल प्रयोग गरी एक हजारभन्दा बढीको उद्धार गरेको जानकारी दिएको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !