भोजपुरमा इर्खुवाले यसरी मच्चायो वितण्डा
काठमाडौं । अविरल वर्षाका कारण आएको बाढीले भोजपुरमा इर्खुवा खोलाले वितण्डा मच्चाएको छ ।
खोलामा आएको बाढीले निर्माणाधीन इर्खुवा जलविद्युत आयोजनाका दुई जना मजदुरलाई बगाएको छ भने ठुलो भौतिक संरचनामा क्षति पुर्याएको छ ।
भोजपुरको साल्पासिलिछो गाउँपालिका–३ मा निर्माणाधीन इर्खुवा जलविद्युत आयोजनामा कार्यरत मजदुरलाई खोलाको बाढीले बगाएको गाउँपालिका अध्यक्ष दौलथ कुलुङले जानकारी दिनुभयो । ती मजदुरहरू निर्माणाधीन जलविद्युत आयोजनाको क्याम्पमा सुतेका थिए । राती खोलामा आएको बाढीले क्याम्प नै बगाएको अध्यक्ष कुलुङले बताउनुभयो ।
कुलुङका अनुसार इर्खुवा खोलाले भौतिक संरचनामा पनि ठुलो क्षति पुर्याएको छ । खोलो निर्माणाधीन दुईवाट पक्की पुलमा क्षति पुर्याएको छ भने अर्को निर्माण भइसकेको पक्की पुलमा पनि दुवैतिरबाट खोलेर क्षति पुर्याएको छ ।
खोलामा हालिएका अधिकांश झोलुङ्गे पुलह रु जोखिममा परेका छन् । ‘ती फूलहरू कुनै पनि बेला खस्ने अवस्थामा छन्’, उहाँले भन्नुभयो ।
बाढीले मानवीय क्षतिसँगै भौतिक संरचनाको ठुलो क्षति पुर्याएको अध्यक्ष कुलुङले बताउनुभयो । ‘बाढीले धेरै क्षति पुर्यायो, अकल्पनीय क्षति भयो’, उहाँले भन्नुभयो ।