२ कार्तिक २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रधानमन्त्रीले आज प्रकाश मानव अधिकार पुरस्कार प्रदान गर्ने, पूर्णिमाया लामाले पुरस्कार पाउँदै

प्रकाशित मिति :  १६ श्रावण २०८१, बुधबार १०:२२


काठमाडौं । यस वर्षको प्रकाश मानव अधिकार पुरस्कार सङ्क्रमणकालीन न्यायका लागि सङ्घर्षरत काभ्रेको नमोबुद्ध नगरपालिका दाप्चाकी ६२ वर्षीया पूर्णिमाया लामालाई प्रदान  गरिने भएको छ ।

हरेक वर्ष साउन १६ गते प्रदान गरिने सो पुरस्कार आज प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदान गर्ने कार्यक्रम रहेको छ । दिउँसो २ः१५ बजे नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान जाउलाखेल (स्टाफ कलेज) मा आयोजना हुने प्रकाश स्मृति दिवस कार्यक्रममा लामालाई ३० औ प्रकाश मानवअधिकार पुरस्कारबाट सम्मानित गर्न लागिएको हो ।

मानवअधिकारकर्मी तथा इन्सेकका संस्थापक महासचिव प्रकाश काफ्लेको स्मृतिमा इन्सेकले सो पुरस्कार स्थापना गरेको हो । पुरस्कार ५० हजार रुपैँया राशिको रहेको छ ।

काफ्लेको २०४९ साल साउन १६ गते नुवाकोटको घोप्टेभिरमा भएको थाई एयर दुर्घटनामा निधन भएको थियो । नेपालको मानव अधिकार र सामाजिक न्यायको अभियानमा काफ्लेको महत्त्वपूर्ण योगदान रहेको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !