२ कार्तिक २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रधानमन्त्री ओली भदौको तस्रो साता थाइल्याण्ड जाने

प्रकाशित मिति :  १८ श्रावण २०८१, शुक्रबार १०:३२


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भदौको तेस्रो साता हुने बिम्स्टेक शिखर सम्मेलनमा सहभागी हुन थाइल्याण्ड जानुहुने भएको छ ।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) शिखर सम्मेलन आगामी सेप्टेम्बर ४ र ५ अर्थात् भदौ १९ र २० गते थाइल्याण्डमा आयोजना हुँदै छ । बिम्स्टेक सम्मेलनमा थाइल्याण्डसहित नेपाल, भारत, बङ्गलादेश, भुटान, म्यानमार र श्रीलङ्का सदस्य छन् ।

दक्षिण तथा दक्षिणपूर्वी एसियाली मुलुकबिच सहयोग आदानप्रदान गर्ने र व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले सन् १९९७ जुन ६ मा बिम्स्टेक स्थापना भएको थियो । नेपाल सन् २००४ मा बिम्स्टेकको सदस्य बनेको हो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !