संघीय सरकारमा तीन जना राज्यमन्त्री थपिए
प्रकाशित मिति : १८ श्रावण २०८१, शुक्रबार १३:४५

काठमाडौं । केपी ओली नेतृत्वको संघीय सरकारमा तीन जना राज्यमन्त्री थपिएका छन् ।
थपिएका तीन राज्य मन्त्रीमा नागरिक उन्मुक्ति पार्टीबाट एक जना र नेपाली कांग्रेसबाट दुई जना रहेका छन् ।
नागरिक उन्मुक्ति पार्टीका अरुणकुमार चौधरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री बन्नुभएको छ ।
यसै गरी नेपाली कांग्रेसका रुपा विक वन तथा वातावरण राज्यमन्त्री बन्नु भएको छ भने पूर्णबहादुर तामाङ ऊर्जा, जलस्रोत तथा सिँचाई राज्यमन्त्री बन्नुभएको छ । उहाँहरूलाई प्रधानमन्त्रीको सिफारिसमा शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार राज्यमन्त्री नियुक्त गर्नुभएको हो ।
0
Shares