८ मंसिर २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

अहिलेको सरकार स्टन्टबाजीका लागि बनेको होइन् : केपी ओली

प्रकाशित मिति :  २० श्रावण २०८१, आईतवार १५:१५


काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको एमाले र कांग्रेसको समीकरणमा बनेको सरकारले कुनै स्टन्टबाजीको रूपमा काम नगर्ने बताउनुभएकाे छ ।

आइतबार पार्टी कार्यलयमा आयोजित पार्टी पदाधिकारी तथा केन्द्रीय सदस्यको शपथग्रहणमा उनले लोकतन्त्रका लागि लडेर आएका पार्टीहरूको समीकरण भएकाले स्टन्टबाजीको रूपमा कुनै विचार पनि प्रस्तुत नगर्ने र कुनै अन्यौल वा भ्रम पैदा गरी झुक्याउने खेलमा पनि नलाग्ने बताउनुभयाे ।

उहाँले भन्नुभयाे,‘अहिलेको समीकरण संविधान संशोधनका लागि हो । संविधान अतिक्रमणका मुद्दा बोकेर हिडेका पार्टीहरु जस्तो होइन् । लोकतन्त्रका लागि लडेर आएका पार्टीहरूको एजेण्डा हो संविधान संशोधन । त्यसकारण लोकतन्त्रका लागि कुनै भुलभुलैया वा अफवाहको भरमा या कुनै अन्यौलग्रस्त भएर अथवा पपुलिष्ट हुनका लागि स्टन्टबाजीको रूपमा विचार पनि प्रस्तुत पनि गर्दैन् । कुनै अन्यौल र भ्रम पनि चाल्दैन । स्टन्टबाजी पनि गर्दैन, कसैलाई झुक्याउने खेल पनि खेल्दैन ।’

उहाँले पार्टीमा कुनै पनि हिसाबको गुटबन्दी स्वीकार्य नहुने समेत बताए । गुटबन्दीका कारण एमाले विभाजन भएको भन्दै अव एमालेमा गुटबन्दी स्वीकार्य नहुने बताउनुभएकाे हाे । उहाँले भन्नुभयाे,‘पार्टीमा लामो समयदेखि गुटबन्दी थियो । गुटबन्दी नियन्त्रण गर्न सक्नुपर्थ्यो सकिएन, अब गुटबन्दी स्वीकार्य छैन् ।’

 


0
Shares

प्रतिक्रिया दिनुहोस !