मनत केसीलाई खुकरी प्रहार गर्ने तीनजना पक्राउ
काठमाडौं । धारिलो हतियार खुकुरी प्रहार गर्ने तीन जनालाई प्रहरीले प्रकाउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत बानेश्वरबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई प्रकाउ गरेको हो ।
पक्राउ पर्नेहरूमा सिन्धुली फिक्कल गाउँपालिका वडा नं ३ घर भइ हाल काठमाडौं महानगरपालिका २१ आलोकनगर बस्ने १८ वर्षीय अनिष मगर, दैलेख महावु गाउँपालिका वडा नं ४ घर भइ हाल काठमाडौं महानगरपालिका २१ आलोकनगर नै बस्ने २६ का कुमार पण्डित र दार्चुला बाँज घर भइ हाल कागेश्वरी मनोहरा नगरपालिका ९ गोठाटार हात्तिडाँडा बस्ने १९ वर्षीय प्रेम सिंह महरालाई प्रकाउ गरेको हो ।
आइतबार (हिजो) काठमाडौं महानगरपालिका वडा नं ३१ आलोकनगरस्थित सौराहा होटल नजिक सडक खण्डमा कैलाली घर भएका २२ वर्षीय मनत केसीलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएका थिए ।
प्रकाउ परेकाहरुको साथबाट एक थान खुकुरी र मोवाइल दुई थान फेला परेको प्रहरीले जनाएको छ ।