२ कार्तिक २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

नेपाल सुरुङ युगसँगै नयाँ युगमा प्रवेश गर्यो : प्रधानमन्त्री ओली

प्रकाशित मिति :  २१ श्रावण २०८१, सोमबार १८:५३


काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको काठमाडौँ–तराई÷मधेस दुु्रतमार्ग आधुनिक विकासको नमुना साबित हुने बताउनुभएकाे छ ।

नेपाली सेनाद्वारा निर्माणधीन द्रूतमार्गको घट्टेपाँखा–धेद्रे सुरुङ छिचोल्ने कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल सुरुङ युगसँगै नयाँ युगमा प्रवेश गरेको र अब यो विकास निर्माणको गति निरन्तर अघि बढ्ने उदघा्ष गर्नुभएकाे छ ।

मकवानपुरको बकैया गाउँपालिका–१२ धेद्रेस्थित काठमाडौँ–निजगढतर्फको एक दशमलव सात सय २८ किमी लामो सुरुङ आज ‘ब्रेक थ्रुु’ भएको हो ।

प्रधानमन्त्री ओलीले भने,‘विगतमा जुन रफ्तारमा विकास हुनुपथ्र्याे, त्यो हुन सकेन । अब विकासको नमुनाका रुपमा यो दूू्रतमार्ग बन्नेछ । यस मार्ग अघि बढाउने सन्दर्भमा देखिएका राजनीतिक र आर्थिक बाधा ब्यवधानलाई समाधान गर्न सरकार तत्पर छ ।’

उहाँले नेपालमा केही भएन भन्ने भाष्य खडा गर्न खोजिए पनि दू्रतमार्गको सुरुङ निर्माणले त्यसलाई खण्डन गरेको बताउनुभयाे ।

प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूूरा होस् भन्ने दृष्टिकोणले सरकारले काम गरिरहेको उल्लेख गरे । डिजिटल नेपाल फ्रेमवर्कबमोजिम अप्टिकल फाइबर, फोरजी इन्टरनेटलगायतका सेवा सबै जिल्लामा पु¥याउने काम अघि बढिरहेको बताउँदै प्रधानमन्त्री ओलीले द्रूतमार्गलगायतका पूर्वाधार विकासले यस्ता कार्यक्रमलाई सहयोग मिल्ने बताउनुभयाे ।

द्रूतमार्ग विसं २०८३ चैत मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य लिइएकाले समयमा सम्पन्न गर्न प्रधानमन्त्री ओलीले सम्बन्धित मन्त्रालय र निकायकालाई निर्देशन दिनुभयाे ।


0
Shares

प्रतिक्रिया दिनुहोस !