गुल्मीको मुसिकोटमा गोरे विक र वाग्ले विकको घर बगाउँदा चार जनाको गयो ज्यान
प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलवार १४:१८
काठमाडौं । गुल्मीको मुसिकोट नगरपालिका–१ बिसौनाका गोरे विक र वाग्ले विकको घर बगाउँदा चार जनाको ज्यान गएको छ ।
सँगै रहेका दुईवटा घर आज बिहान पहिरोलेे बगाउँदा चार जनाको ज्यान गएको हो । घटना बिहान नौ बजेतिर भएको नगरपालिका उपप्रमुख गंगा श्रेष्ठले जनकारी दिनुभयो ।
घर माथिको सडकबाट लेदोसहितको आएको पहिरोले घर पुर्दा ४५ वर्षका गोरे विक, ६७ वर्षका हुकुमबहादुर विक, ६६ वर्षकी मसुरी विक र अढाई वर्षकी रियान्सी विकको ज्यान गएको वडाध्यक्ष विष्णुध्वज खातीले जानकारी दिनुभयो । मृतकको शव पहिरोबाट निकालिएको उहाँले बताउनुभयो ।
सो पहिरोमा परी २३ वर्षीया मुना विक र ३१ वर्षीय विष्णु विक घाइते भएका घाइते भएको छन् । घाइतेलाई उपचारको लागि पठाइसकिएको खातीले जानकारी दिनुभयो ।
0
Shares