२ कार्तिक २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रधानमन्त्री केपी शर्मा ओली अभिनित चलचित्र ‘नमेटिने घाउ’को ट्रेलर सार्वजनिक

प्रकाशित मिति :  २४ श्रावण २०८१, बिहीबार १६:३७


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अभिनित चलचित्र ‘नमेटिने घाउ’को ट्रेलर सार्वजनिक भएको छ ।

चलचित्रमा प्रधानमन्त्री ओलीसहित पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, सांसदद्धय देवेन्द्र पौडेल र ज्ञानेन्द्र शाहीको अतिथि भूमिका रहनुभएकाे छ ।

बिहिबार फिल्मको मर्मस्पर्शी ट्रेलर सार्वजनिक गरिएको हो ।

२ मिनेट २४ सेकेण्डको ट्रेलरले फिल्मको कथावस्तुबारे प्रष्ट पारेकाे छ ।

एसिड आक्रमणको घटनाका वास्तविक घटनामा बनेकाे फिल्मकाे ट्रेलरले पीडितको मर्मस्पर्शी दृश्य प्रस्तुत गरिएको छ । बदलाले प्रेरित भएर किशोरी तथा युवतीमाथि कसरी एसिड आक्रमण गरियो र मुलुकका विभिन्न भागमा भएका आक्रमणका घटनालाई यसमा दर्शाइएको छ ।

एसिड आक्रमणविरुद्ध पीडितले न्याय पाउनुपर्ने मागसहित भएका प्रदर्शन पनि देखाइएको छ । यी प्रदर्शनमा सहभागि भएर प्रधानमन्त्री ओली, पूर्वप्रधानमन्त्री नेपालसहितका नेताले दोषीलाई कठोर दण्ड दिने प्रतिबद्धता जनाएको दृश्य पनि यसमा छ ।

 

ट्रेलरमा प्रधानमन्त्री ओलीकाे सानाे अंश समेत राखिएकाे छ । जुन यस्ताे छ ‘तपाईंहरुले अवश्य पाउनुहुन्छ न्याय । म दिन्छु न्याय ।’

भदौ ७ गते प्रदर्शन तयारीमा रहेको यो फिल्मलाई रमित ढुंगानाले निर्देशन तथा निर्माण गर्नुभएकाे हाे ।

 


0
Shares

प्रतिक्रिया दिनुहोस !