१२ मंसिर २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

देशलाई सिस्टममा लैजान युवाको भूमिका महत्वपूर्ण : मन्त्री सिंह

प्रकाशित मिति :  २७ श्रावण २०८१, आईतवार १३:१७


काठमाडौं । उपप्रधान एवम सहकारी विकासमन्त्री प्रकाशमान सिंहले सिस्टममा देशलाई अगाडि बढाउनको लागि युवाहरुको भूमिका महत्वपूर्ण हुने बताउनुभएकाे छ ।

आइतबार काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले युवाहरुले राजनीतिक अधिकारका लागि मात्र लडेको नभई सामाजिक, आर्थिक, राजनीतिक र पद्धतिमा देशलाई अगाडि बढाउनको लागि धेरै ठूलो भूमिका निर्वाह गरेको बताउनुभयाे ।

उहाँले भन्नुभयाे,‘समाज परिवर्तनमा युवाहरुको भूमिका धेरै छ । युवाहरुले राजनीतिक अधिकारका लागि मात्र लडेका छैनन्, सामाजिक,आर्थिक,राजनीतिक र पद्धतिमा देशलाई अगाडि बढाउनको लागि युवाहरुको भूमिका धेरै ठूलो हुने भएका कारण सबै जिम्मेवारीहरुलाई ख्याला राखेर आगामि दिनमा राम्रो गर्दै जानुपर्छ ।’

उहाँले प्राप्त गरेका अधिकारहरुलाई सुरक्षित राख्दै अझ परिमार्जन गर्दै कार्यान्वयन पक्षमा भएका कमजोरीलाई सुधार्न आवश्यक रहेको बताउनुभयाे ।

‘हामीले राजनीतिक अधिकार पाइसकेका छौं । संविधानपछि प्राप्त गरेका जुन अधिकारहरु छन् । ती अधिकारहरुलाई अब सुरक्षित राख्दै अझ परिमार्जन गर्दै कार्यान्वयन पक्षमा केही कमि कमजोरी भएको छ भने सुधार्न आवश्यक छ ’उनले भने ।
देशको सुधार र परिवर्तनमा एक अर्कालाई आरोप लगाएर मात्र समाज र देशको अवस्था नसुध्रिने बताउनुभयाे ।


0
Shares

प्रतिक्रिया दिनुहोस !