हर्क साम्पाङले नागरिक सामु घुँडा टेके, वृद्धि गरिएको खानेपानी महसुल फिर्ता लिए
काठमाडौं । धरानमा खानेपानीको महसुल बढाएर नागरिकको आलोचना खेपिरहेका उपमहानगरपालिका प्रमुख हर्क साम्पाङ नागरिकका अगाडि ढुँडा टेक्न बाध्य हुनुभएको छ ।
खानेपानीको महसुल घटाएर साम्पाङ खानेपानी सरसफाइ तथा सेवा निर्धारण आयोगको निर्णय मान्न तयार हुनुभएको छ । खानेपानीको महसुल बढाएपछि धरानवासी आन्दोलित भएका थिए ।
आन्दोलनरत १० राजनीतिक दलसँग आइतबार राति अबेरसम्म भएको वार्तामा साम्पाङ खानेपानीको धारा जडान नामसारी र महसुलमा गरेको शुल्क वृद्धि फिर्ता लिन तयार हुनुभएको हो ।
साम्पाङले तीन बुँदे सहमति गरेर शुल्क वृद्धि फिर्ता लिनुभएको छ । राईले एकल निर्णय गरी चालु आर्थिक वर्षबाट लागु हुने गरी खानेपानीको महसुल अस्वाभाविक रूपमा वृद्धि गर्नुभएको थियो । त्यसको विरुद्ध धरानमा सुरु भएको आन्दोलनले चर्को रूप लिएपछि साम्पाङ गल्नु भएको हो ।
साम्पाङ शुल्क वृद्धि महसुल तथा शुल्क स्थगित गर्ने, खानेपानी बोर्डको पूर्णता बारे अदालतको फैसला मान्ने र एक साताभित्र बोर्डको सम्पूर्ण हिसाब सार्वजनिक गर्ने सहमतिमा आउनु भएको छ ।