२ कार्तिक २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

टीआरसी विधेक संसदबाट पास भएपछि सहमतिका साथ आयोगहरु बनाउछौं– प्रधानमन्त्री ओली

प्रकाशित मिति :  ३० श्रावण २०८१, बुधबार १४:०९


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले टीआरसी विधेयक संसदबाट पास भएपछि सहमतिका साथ आयोगहरु बनाउने बताउनुभएको छ ।

प्रतिनिधिसभाको आज बसेको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले टीआरसी विधेयकमा सहमति जुट्नु खुसीको विषय भएको बताउनुभयो ।

प्रतिनिधिसभाको कानुन समितिले सहमति जुटाएर टीआरसी विधेयक संसदमा पेश गरेको र आजै संसदले पास गर्ने तयारी रहेको भन्दै उहाँले भन्नुभयो –‘सर्वसम्मतिबाट पीडितमैत्री र कुनै करकापमा नपरी सहमतिका साथ यस दस्तावेज अगाडि बढाएका छौं । यो हामी सबैका लागि खुसीको विषय हो ।’

ऐन बनिसकेपछि यस अन्तरगतका आयोगहरु निर्माण गर्ने उहाँले बताउनुभयो ।

 


0
Shares

प्रतिक्रिया दिनुहोस !