२ कार्तिक २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

टीआरसी विधेयक प्रतिनिधि सभाबाट पारित

प्रकाशित मिति :  ३० श्रावण २०८१, बुधबार १७:३३


काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी टीआरसी विधेयक प्रतिनिधि सभाबाट पारित भएको छ ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले प्रस्तुत गरेको ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक’लाई प्रतिनिधि सभाले पारित गरेको छ ।

अब यो प्रतिनिधि सभाबाट पारित भएको विधेयक राष्ट्रिय सभामा जान्छ र राष्ट्रिय सभाबाट पुन प्रतिनिधिसभामा आई सभामुखबाट प्रमाणित भएर राष्ट्रपतिकहा पुग्छ र राष्ट्रपतिले प्रमाणिकरण गरेपछि कानुन बन्छ ।

 


0
Shares

प्रतिक्रिया दिनुहोस !