खोटाङमा पहिरोले पुरिएर विद्यालय जाँदै गरेकी शिक्षिकाको गयो ज्यान
प्रकाशित मिति : ३१ श्रावण २०८१, बिहीबार २२:०८

काठमाडौं । खोटाङमा पहिरोले पुरिएर विद्यालय जाँदै गरेकी एक शिक्षिकाको ज्यान गएको छ ।
बिहीबार बिहान विद्यालय जाँदै गरेका रावाबेँसी गाउँपालिका–३ लामिडाँडाकी ५७ वर्षीया शिक्षिका सावित्रादेवी नेवारको पहिरोले पुरिएर ज्यान गएको हो । विश्वज्योती मावि लामीडाँडामा कार्यरत शिक्षिका नेवारलाई स्कुल जाँदै गर्दा वडा कार्यालय नजिकै पहिरोले पुरेको थियो ।
सडकमा हिँडिरहेको बेला माथिबाट पहिरो खस्दा उहाँलाई पुरेको थियो । प्रहरी र स्थानीयले पहिरो खनेर मृत अवस्थामा शव निकालेका थिए ।
0
Shares